काठमाडौं । अछाम जिल्लाको मंगलसेन अस्पतालमा मुटुरोग सम्बन्धी २ दिने निःशुल्क विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ।
शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, इसिजी, ईको तथा रक्त परीक्षण हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ।
सहिद गंगालाल हृदयरोग केन्द्र र स्वास्थ्य कार्यालयको आयोजना तथा जिल्ला अस्पताल अछामको सहयोगमा शिविर सञ्चालन हुन लागेको हो।