काठमाडौं। जिल्लाको एक मात्र अस्पताल जिल्ला अस्पताल मुुगुुमा औषधि अभाव तथा दक्ष जनशक्ति नहुँदा अस्पताल आफैँ थलिएको छ । १५ शैय्याको एक मात्र अस्पतालमा औषधिको अभाव र दक्ष प्राविधिक जनशक्ति नहुँदा अस्पताल आफैँ थलिएको हो।
सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भएको भए पनि जिल्ला अस्पताल मुुगुुमा त्यो औषधि उपलव्ध छैन । सामान्य औषधि नपाउँदा बिरामी निजी मेडिकलबाट महँगो खर्चेर किन्न बाध्य भएका छन् ।
०६३ फागुुन ११ गते प्राथमिक सेवा केन्द्रबाट स्तरवृद्धि गराई मुगुमा एउटा १५ शैय्याको सरकारी अस्पताल बनाइएको भए पनि अस्पतालको अवस्था नाजुक जस्तै छ । यस अस्पतालमा उपचारका लागि मुुगुु जिल्लाभरीका र केही हुम्लाका बिरामी यो अस्पतालमा आउने गरेका भए पनि औषधि अभाव, एक्स–रे मेसिन लगायतका अन्य अत्याधुनिक उपकरण सञ्चालनमा नआउँदा बिरामी मर्कामा पर्ने गरेका छन्।
छायाँनाथ रारा नगरपालिका–१३ लुमका गोविन्द्र विक छोराको खुुट्टामा चोटपटक लागेपछि उपचारका लागि अस्पताल आएका भए पनि अस्पतालमा एक्सरे मेसिन सञ्चालनमा नहुँदा छोराको चोटपटक कत्तिको छ, उपचार यहाँ हुन्छ हुँदैन अन्योलमा छन् । छोराको उपचार गर्न बाहिर जिल्ला लैजाउ पैसा छैन । यहाँ उपचार गर्ने कुनै वातावरण छैन के गरौँ पैसा अभावले अन्योलमा परेको सुनाए ।