काठमाडौँ । गृह मन्त्रालयले नेपाल एपीएफ अस्पतालका डा समिर केसीलाई ७ दिन भित्रमा कारणसहित हाजिर निर्देशन दिएको छ । गत मंगलबार मन्त्रलायमा सचिव स्तरीय बसेको बैठकले उनलाई कारणसहित उपस्थित हुन निर्देशन दिएको हो।
गत चैत १३ गतेदेखि विनास्वीकृति विदामा बसेको र सम्पर्क पनि हुन नसकेको मन्त्रालयले जनाएको छ।
पदीय आचरण विपरीत कार्य गरेकाले सशस्त्र प्रहरी नियमावली,२०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगतार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ अनुसारको कसूरमा ऐ नियमावलीको (१) को खण्ड (ख) १ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी हटाउने सूचित गरिने मन्त्रालयले प्रस्ट पारेको छ।
केसी काभ्रेपलाञ्चोक पनौती ९ का अंबीर केसीका छोरा रहेको मन्त्रालयले जानकारी दिएको छ । उनी प्रहरी निरीक्षकसमेत हुन् र आइडी नम्बर १४९७ रहेको छ।