काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतत्य छानबिनका लागि खुट्टा नकमाउन डा.गोविन्द केसीले सरकारलाई सुझाव दिएका छन्।
भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत नागरिक आन्दोलनका पक्षमा ऐक्यबद्ता जनाएका डा.केसीले यस्तो बताएका हुन् । काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलन सुरु गरिसकेका छन्।
प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा गोविन्द केसीले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले सरकारले शीर्ष नेताहरुको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने माग गरे।
ठूला नेताहरु भ्रष्ट नभइकन साना तहका नेताहरुले भ्रष्टाचार गर्न हिम्मत नगर्ने उनको भनाइ छ। उनले भने -'छानबिन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुनुपर्छ।'