काठमाडौं । दुल्लुको आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ।
शनिबार राति दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित स्वास्थ्य केन्द्रमा आगलागी हुँदा करिब १५ लाख बराबरको धनमाल क्षति हुन पुगेको छ।
स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यका अनुसार बर्थिङ सेन्टरका औषधि उपकरण तथा सर्जिकल सामान राखिएको मिनी स्टोरमा आगलागी हुँदा सो स्टोरमा रहेका सबै औषधि र उपचारजन्य सामग्रीहरू जलेर नष्ट हुन पुगेको छ । उनका अनुसार सोही कोठामा स्वास्थ्य केन्द्रमा रहेका मध्ये महंगो औषधि र उपकरण राखिएको थियो।
उनका अनुसार सो आगलागीमा परेर करिब १५ लाख रूपैयाँ मुल्य बराबरको धनमाल क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।