काठमाडौं । टोखामा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ।
धनकुटा कुरले तेनुपा गाउँपालिका घर भइ टोखा नगरपालिका ८ स्थित डेरा गरी बस्ने ५५ वर्षीय निङमा शेर्पाले मादक पदार्थ सेवन गरी कुटपीट गर्दा श्रीमती मोती माया शेर्पाको मृत्यु भएको हो।
उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झैझगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोती मायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।