काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिबको निःशुल्क उपचार गर्ने व्यवस्था गरिने लागेको बताएका छन् ।
हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजना उद्घाटन गर्ने क्रममा मन्त्री बस्नेतले गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन लागेको बताएका हुन्। उनले सुर्तीजन्य पदार्थमा कर बढाएर उक्त करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन लागेको बताए।
उनले अहिले अस्पताल जाँदा पनि उपचार गर्ने नसकेर घर फर्किनु पर्ने अवस्था रहेको बताएका छन्। त्यो बाध्यतालाई आफ्नो कार्यकालमा अन्त्य गर्ने उनले बताएका हुन् । उनले भने , ‘गरिबले सहज ढङ्गले उपचार पाउन सकेका छैनन् जसोतसो अस्पताल पुगे पनि पैसाको अभावमा उपचार गर्न पाएका छैनन्।
नेपालमा सुर्तीजन्य पदार्थमा निकै कम कर लागू भएको उनको भनाई रहेको छ । उनले भने, ‘अब सुर्तीजन्य पदार्थमा कर बढाउने हो त्यो कर जनताको उपचारमा लगाउने नै हो।’