काठमाडौं- ग्रिन सिटी अस्पतालको फार्मेसीले म्याद सकिएको औषधि दिएर बिरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पतालको फार्मेसीमा तोडफोड गरिएको छ।
बिरामीको मृत्युपछि आफन्तले म्याद सकिएकोऔषधिकै कारण बिरामीको मृत्यु भएको भन्दै साँझ पाच बजेतिर अस्पतालको फार्मेसी तोडफोड गरेका छन्।
अस्पताल भित्रकै फार्मेसीमा तोडफोड हुन थालेपछि नजिकै रहेको प्रहरीले तत्काल स्थिति नियन्त्रणमा लिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
प्रहरीले म्याद सकिएकोऔषधि बिक्री गरेको आरोपमा एक जना फर्मासिस्टलाई नियन्त्रणमा लिएको छ।तोडफोडपछि अहिले अस्पतालको फार्मेसी सञ्चालनमा आएको छैन्।
अस्पताल प्रशासन भने औषधिमा समस्या नभएको दाबी गरिरहेको छ।