काठमाडौं । विगत ३ महिनादेखी मासिक निर्वाह भत्ता नपाएको भन्दै वीर अस्पतालमा आवासीय चिकित्सकहरु आन्दोलित भएका छन् ।
निर्वाह भत्ताका विषयमा सरोकारवाला निकायहरुमा पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा समेत कुनै किसिमको सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको उनीहरुको गुनासो छ ।
बुधबार उनीहरुले कालो पट्टीसहित सेवा प्रदान गरेका छन्।