काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको निमित उपकूलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त भएका छन् । वीर अस्पतालको निर्देशक भएर दुई कार्यकाल सकाएका डा.बस्नेतलाई न्याम्सको उपकूलपतिको जिम्मेवारी दिइएको हो ।
न्याम्समा उपकुलपति लगायतका पदाधिकारी नियुक्त नहुँदा चिकित्सक लगायतका कर्मचारीले लामो समयदेखि तलब भत्ता लगायतका सेवा पाउन सकेका छैनन्।
सरकारले डा बस्नेतलाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो ।