काठमाडौं । सरकारले कोरोना महामारी अन्त्य भएको भन्दै कोभिड यूनिफाइड केन्द्रीय अस्पताल समेत हटाएको छ । कोरोना महामारी बढेसँगै कोरोना बिरामीहरुको उपचारका लागि सरकारले वीर अस्पतालको नयाँ भवनबाट सेवा दिइरहेको थियो ।
कोरोना महामारी अन्त्य भएपछि सरकारले उक्त अस्पताल हटाएर वीर अस्पताल अन्तर्गत नै सेवा दिने घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अन्त्य भइसकेको घोषणा गरिसकेको छ ।
स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले यसअघिको अध्यादेश निस्क्रिय भइसकेको र कोभिड महामारी समेत अन्तय भइसकेकोले कोभिड अस्पताललाई हटाउने निर्णय गरेका हुन्।