काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा गरेको मनोनयन १० दिन बित्न नपाउँदैं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले बदर गरेका छन् ।
अस्पताल विकास समितीको अध्यक्षमा प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका पुष्पकमल दाहाल प्रचण्डले लक्ष्मण सिंहलाई वैशाख २६ गते मनोनयन गरेका थिए । उनले सिंहलाई तीन वर्षको जिम्मेवारी सम्हाल्नका लागि नियुक्त गरेका थिए । नियुक्ति पाएसँगै सिंहले काम गर्न समेत सुरु गरिसकेका थिए ।
प्रधानमन्त्रीले गरेको नियुक्तिलाई बदर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले जेठ ३ गते करुणाकर ओझालाई अध्यक्षमा नियुक्त गरेका छन् । दुवै जनालाई प्राप्त भएको नियुक्तिको पत्र उस्तै उस्तै रहेको छ ।