काठमाडाैं । नेपाल नेत्रज्योति संघ पुर्वान्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाँउपालिकामा २ दिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत् २ हजार १ सय ९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ ।
बुधबार सम्ममा १५४ जना बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकि बिरामी बिरामीहरुको पनि निशुल्क शल्यक्रिया गरिने बताउछिन् अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.रक्षा पन्त ।
जेठ १ र २ गते देवानगन्ज गाँउपालिकामा चलेको उक्त शिविर मार्फत दृष्टिदोष भएका ९ सय १९ जना बिरामीहरुलाई निशुल्क चस्मा समेत वितरण गरिएको बताउछन् विराटगनर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिक ।