काठमाडौं । डडेलधुरा अस्पताल विकास समितीका अध्यक्ष करुणाकर ओझाले पदभार ग्रहण गरेका छन् । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जेठ ३ गते अस्पताल विकास समितीको अध्यक्षका रुपमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा गरेको मनोनयन १० दिन बित्न नपाउँदैं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले उनको नियुक्तिलाई बदर गर्दै ओझालाई उक्त पदमा नियुक्ति गरेका हुन् ।