काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत ६ जनाको टोलीसहित आज जेनेभा जाँदै छन् ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओको ७६ औँ महासभामा सहभागी हुन मन्त्री बस्नेत आज स्वीजरल्याण्डको जेनेभा जान लागेका हुन्।
जेनेभा प्रस्थान गर्नु अगाडि स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेत विदेश भ्रमणका लागि यो इतिहासमै सानो टोली भएको समेत दाबी गरे । विश्व स्वास्थ्य संगठन डब्लुएचओको ७६ औँ महासभामा सहभागी हुन मन्त्री बस्नेत आज स्वीजरल्याण्डको जेनेभा जान लागेका हुन्।