काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण संघीय अस्पतालहरुको उपकरण जाँच गर्ने भएको छ ।
स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जेनेभा भ्रमणमा जानु अगाडि गरेको पत्रकार सम्मेलनमा संघ अन्तर्गतका सम्पूर्ण अस्पतालहरुको उपकरण जाँच गरिने बताएका हुन् ।
पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सरकारी अस्पतालहरुमा न्युनतम आवश्यकताको आधारमा मात्रै सामान खरिद प्रक्रिया अगाडि बढाउने समेत बताए । उनले भने आवश्यकताको अध्ययन नगरीकन नै सामान खरिद गरिदाँ कतिपय समानहरु प्रयोगविहीन हुने गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई १५ दिनभित्र सामग्रीको अद्यावधिक गर्नका लागि निर्देशन दिएको छ ।