काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा तीन जनाको नाम सिफारिस भएको छ ।
रिक्त रहेको उक्त पदका लागि प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई तीन जनाको नाम सिफारिस गरेका हुन्।
डा .रावलले रेक्टारका लागि डा राजिव शाह, डा माया राई र डा अनुस्मृती पालको नाम सिफारिस गरेका छन्। सिफारिस गरिकामध्येबाट एक जनालाई स्वास्थ्यमन्त्रीले रेक्टरमा नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।