काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल सरकारद्वारा प्रदान गर्दै आएको १० प्रतिशत बेड विपन्न नागरिकलाई अनिवार्य छुट्याउनका लागि निजी अस्पतालहरुलाई निर्देशन दिएको छ ।
महानगरको स्वास्थ्य विभागले एक विज्ञप्ती जारी गर्दै कुल बेडको दश प्रतिशत बेड छुट्याएर विपन्न, असहाय, तथा बेवारिसे बिरामीहरुको उपचार गर्नका लागि निर्देशन दिएको हो ।
स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकमी र अन्य कर्मचारीहरुको प्रचलित कानुनले ताकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्नका लागि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
