काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्द्रा कार्कीले पाठेघरको क्यान्सरको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्नका लागि सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधी सभाको आइतबारको बैठकमा बोल्दै डा. कार्कीले पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरुको मृत्यु भएको भन्दै यस क्यान्सर लाग्नबाट जोगाउन सकिने खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न माग गरेकी हुन् ।
गत वर्षको सरकारको नीति तथा कार्यक्रमा उक्त विषयलाई समावेश गरिएपनि त्यो लागु नभएको डा.कार्कीको भनाइ थियो ।