काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्वास्थ्य मन्त्रीको जिम्मेवारी उत्तम जोशीलाई दिएका छन् ।
जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै जोशीलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका हुन् । नव नियुक्त स्वास्थ्य मन्त्री जोशी नेपाली कांग्रेसको तर्फबाट चितवन २ (ख) बाट निर्वाचित सांसद हुन्।