काठमाडौं । बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उतम जोशीले आपतकालीन अवस्थामा गर्भवती र सुत्केरीको हवाई उद्धार गरिने बताएका छन्।
बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्री जोशीले गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिने बताएका हुन्।
उनका अनुसार अझै पनि कतिपय गर्भवती तथा सुत्केरीहरुले अकालमै ज्यान गुमाउने अवस्था रहेको र त्यसलाई अन्त्य गर्नका लागि बाग्मती प्रदेश सरकारले उपयुक्त नीति लिएर अगाडि बढ्ने बताए ।
उनले सरकारले नीति तथा कार्यक्रम ल्याउँदा स्वास्थ्य क्षेत्रलाई उपेक्षा गर्न नहुने बताए।