काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय ३५ नमुना परीक्षणका क्रममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । सोही अवधिमा कोरोनाका १० संक्रमितहरु निको भएका छन् । त्यसैगरी हाल नेपालभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६४ रहेको छ ।