काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नका लागि नीति बनाएरै अगाडि बढ्ने बताएका छन् ।
सोमबार चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। उनले भने “कयौं युवा डाक्टरहरुले लाखौं खर्च गरेर पढ्नु भएको छ।
तर ३० देखि ४० हजारको जागिर छ नेपालमा अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु। यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।