काठमाडौं । आगामी दुई तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई-तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ ।
उनका अनुसार आज देशभर नै सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ । बिहानैदेखि लुम्बिनी, गण्डकी, बागमतीका थोरै स्थानमा पानी पनि परिरहेको छ।