काठमाडौं । नेपाल मेडिकल कलेजले चिकित्सकसहित कर्मचारी माग गरेको छ । अत्तरखेल जोरपाटीमा रहेका नेपाल मेडिकल कलेजले एक सूचना प्रकाशित गरी विभिन्न पदमा दरखास्त आब्हान गरेको हो।
कलेजले प्रोफेसर, चिकित्सक, फिजियोलोजिस्ट, लेखा नियन्त्रक, लेखा प्रमुख, बायोमेडिकल इन्जिनियर सँगै स्टाफ नर्सहरु माग गरेको छ । विभिन्न २१ पदमा दरखास्त खुलाइएको छ । कलेजले योग्यता पुगेका व्यक्तिहरुले जेठ १५ गतेभित्र दरखास्त दिनसक्ने जनाएको छ।
