सिन्धुली अस्पतालको आकस्मिक सहितका सेवा बन्द भएका छन । अस्पतालमा भर्ना रहेका विरामीको डिस्चार्ज गरि स्वास्थ्यकर्मीहरुले अस्पतालका सबै सेवा वन्द गराएका छन ।
सिन्धुली अस्पतालमा मंगलबार राती भएको तोडफोड, भौतिक क्षती र डाक्टर, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि समेत भएको आक्रमण प्रयासपछि स्वास्थ्यकर्मीहरुले अस्पतालका सबै सेवा बन्द गराएका हुन ।
कनपा ५ सिलामेकी २६ वर्षकी गंगा गुरुङ श्रेष्ठको अस्पतालमा सुत्केरी हुन नसकेपछि रिफर गरेकोमा बाटोमै जाँदा मृत्यु भएपछि मृतकका आफन्तले सिन्धुली अस्पतालमा तोडफोड गरेका थिए । गर्भवति महिलालाई मंगलबार विहान १० बजे तिर सिन्धुली अस्पतालमा ल्याईएको थियो । अस्पतालले दिउँसो ३ बजे नै उनलाई रिफर गरेको थियो । गर्भवतिलाई उपचारका लागि परिवारले वर्दिवासमा रहेको साई मल्टिस्पेशियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर लगेका थिए । महिलाको अस्पतालले सुरुमै मृत्यु घोषणा गरेको थियो ।