काठमाडौं । सांसद सुनिता बरालले कुनै एक घटनाका कारण सम्रग नर्सिङ पेशालाई नै बदनाम गराउनु संवेदनशील विषय भएको बताएकी छन्।
प्रतिनिधी सभाको बुधबारको बैठकमा बोल्दै सांसद बरालले कार्य क्षेत्रमा रहेका विवशता, बाध्यता या कमजोरीका कारण समग्र नर्सिङ पेशालाई नै बद्नाम गराउन नहुने बताएकी हुन्।
यो घटना एक सांकेतिक मात्र भएकोले यस प्रकारका अन्य घटनालाई संवेदनशील तरिकाले हेर्नका लागि सांसद बरालले सदनको ध्यानाकर्षण समेत गराएकी छिन् ।