काठमाडौं । नेपालमा पहिलो पटक यौनिकता सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजना तथा संयुक्त राष्ट्रिय जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ लगाायत बृहत यौनिकता शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्मेलनको आयोजना गरिएको हो ।
दिगो विकास लक्ष्यहरु २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै भन्ने मुल नाराका साथ नेपालका सरोकारवाला निकायका युवाहरु तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थितिमा उक्त सम्मेलन सुरु भएको हो ।
सम्मेलनले यौनिक शिक्षाको महत्वपूर्ण मुद्दाहरूमा छलफल गर्ने अवसर प्रदान गर्ने विश्वास राखिएको छ ।