काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय ५४ नमुना परीक्षणका क्रममा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । सोही अवधिमा कोरोनाका १४ संक्रमितहरु निको भएका छन् । त्यसैगरी हाल नेपालभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५३ रहेको छ ।