काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी बुधबार संसद बैठकमा उपस्थित भएका छन् । उनी करिब तीन महिनापछि सांसदमा उपस्थित भएका हुन्।
सांसद भण्डारीले प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा समेत राख्न भ्याए । उनले सभामुखसँग विशेष समयमाग गरेर नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका हन्।
गत फागुन ४ मा आफ्नो घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए। उनको नेपालमा उपचार सम्भव नभएपछि भारत लगिएको थियो । उनी केही दिनअघिमात्र नेपाल फर्किएका हुन्।
स्वास्थ्यमा अझै सुधारोन्मुख छ । तर, उनले स्वास्थ्य प्रतिकुलताका बीच पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएका हुन् । उनलाई बसेर बोल्ने व्यवस्था मिलाइएको थियो । सोक्रममा सांसद भण्डारीले अरु देशका भन्दा नेपालका स्वास्थ्यकर्मी र डाक्टरहरू कम नभएको बताए।