काठमाडौं । घरमा ग्यास लिक भइ विस्फोटमा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी भारतमा उपचारपछि स्वदेश फर्किएर आज प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।
लामो समयपछि संसदमा आज उनले सम्बोधन समेत गरेका छन् । सम्बोधनका क्रममा उनले उच्चस्तरीय जलन अस्पताल बनाउन सरकारसँग प्रस्ताव गरे ।
ठूलो दुर्घटनाबाट बचेका सांसद भण्डारी उक्त घटनापछि आज पहिलो पटक प्रतिनिधिसभा बैठकमा पुगेका हुन् । संसदमा बोल्दै जलनसम्बन्धी समस्या भएका मानिसहरूका लागि उच्चस्तरीय जलन अस्पताल बनाउन प्रस्ताव गरेका हुन् ।
उनले भने, ‘उच्चस्तरीय जलन अस्पताल बनाउनुपर्छ। नेपालमा कम्पीटेन्ट चिकित्सकहरू हुनुहुन्छ । भवनको अभाव देखियो, यो केसमा धेरै गरिब मानिसहरू पर्दोरहेछ। यसमा धेरै ठूलो दर्द लुकेको छ ।’