पुरुषको शुक्रकीट आमाको अण्डासँग मिलेको अवस्थामा भ्रुण बन्ने गर्छ । पाठेघरमा भ्रुण विकसित भएर बच्चा जन्मने गर्छ । कुनै कुनै अवस्थामा भ्रुण गर्भाशयमा नबसी अन्य कुनै ठाउँमा बस्ने गर्छ । गर्भाशयमा नबसी अन्य कुनै स्थानमा भ्रुण बसेको अवस्थामा त्यसलाई एक्टोपिक प्रेग्ननेन्सी भन्ने गरिन्छ । 
पाठेघरभित्र बच्चा बसेको अवस्थामा भ्रुणको विकासका लागि उपयुक्त वातावरण बन्ने गर्छ । तर पाठेघरबाहिर बच्चा बसेको अवस्थामा त्यो भ्रुण विकसित हुन सक्दैन । उक्त अवस्थालाई एक्टोपिक प्रेग्नेन्सी भन्ने गरिन्छ । यस्तो अवस्थामा गर्भाशाय बाहेकका ट्युब तथा अन्य स्थानमा बच्चा बस्ने गर्छ । गर्भाशाय भन्दा बाहिर कुनै ठाउँमा बसेको बच्चा विकसित नभई फुट्ने डर हने गर्छ, जसकारण  रक्तस्राव हुने हुन्छ । 
पाठेघर बाहेक ट्युबमा बच्चा बसेको अवस्थामा ५ देखी ६ हप्ता हुँदासम्म उक्त ट्युब फुट्ने गर्छ । साधारण अवस्थामा रहेको बिरामीलाई एक्कासी पेट दुख्ने गर्छ । पेट दुखे लगतै एक्कासी एकदमै रक्तस्राव हुने गर्छ जसकारण बिरामी बेहोस समेत हुन सक्छ । बिरामी समयमै अस्पताल नआइपुग्दा तथा फुटेको स्थानलाई सिल गर्न नसकेको अवस्थामा त्यसका कारण बिरामीको मृत्यु समेत हुन सक्छ । 
यदि गर्भ परीक्षण गराउँदा पोजेटिभ आएको अवस्थामा  ५ देखी ६ हप्तामा अल्ट्रासाउन्ड गराइ बच्चा कहाँ बसेको छ भन्ने थाहा पाउन सकिन्छ । सामान्यतया एक्टोपिक प्रेग्नेन्सी हुँदा प्रग्नेन्सी पोजेटिभ देखाउँदैंन भन्ने आम धारणाा रहेको छ तर त्यसो होइन एक्टोपिक हुँदा पनि प्रेग्नेन्सी भने पोजेटिभ देखाउने गर्छ । 
पिसाबको परीक्षणमा नदेखिएपनि रगत परीक्ष्ण गराउँदा भने प्रेग्नेन्सी पोजेटिभ देखाउन सक्छ । सामान्यतया प्रेग्नेन्सीको समयमा बनेको हर्मोन बढ्दै जाने गर्छ । तर एक्टोपिक प्रेग्नेन्सी हुँदा भने हर्मोन नबढ्ने समस्या हुने गर्छ । यसप्रकारण प्रेग्नेन्सीमा बच्चाको तौल एकदमै कम मात्रामा मात्रै बढ्ने गर्छ । 
पाठेघरबाहिर बच्चा बस्ने भएकोले यस अवस्थामा बच्चा जोगाउन सकिदैंन । समयमा नै उपचार हुन नसकेमा यस प्रकारको प्रेग्नेन्सीमा आमाको ज्यान समेत जोखिममा पर्ने गर्छ । 
एक्टोपिक गर्भ रहनुका कारणहरु 
	- यौन अंगहरुमा हुने विभिन्न प्रकारका संक्रमणका कारण । 
- पहिला पनि एक्टोपिक प्रेग्नेन्सी भएका महिलाहरुमा दोहोरिने सम्भावना रहन्छ । 
- धुम्रपानका कारण । 
एक्टोपिक गर्भका जोखिमहरु 
	- अत्याधिक पेट दुख्नु । 
- बेहोस हुनु । 
- चक्कर लाग्नु ।
- रक्तस्राव अत्याधिक हुनु । 
- मृत्यु सम्मको जोखिम । 
यदि अल्ट्रासाउन्ड गरी एक्टोपिक भएको थाहा पाएमा तुरुन्तै शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा पेट चिरेर भन्दा दुरबिनको सहयोगले शल्यक्रिया गर्नु राम्रो हुन्छ । 
यदि भिडियो एक्सरे गरेर एक्टोपिक प्रेग्नेन्सी फुट्नुभन्दा पहिला नै थाहा पाएको अवस्थामा औषधिबाट पनि यसको उपचार हुन्छ । तर औषधि दिदाँ पनि फुट्ने सम्भावना भने हुन्छ । यदि औषधी खाँदा  खाँदा पनि बिरामीलाई पेट दुखि नै रह्यो भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । 
एक्टोपिक गर्भ रहन नदिन के गर्ने 
	- यौन अंगमा हुने संक्रमणबाट जोगिनका लागि सरसफाइमा विशेष ध्यान दिने । 
- कम्तीमा ३ वर्षमा स्त्री तथा प्रसुती रोग विशेषज्ञसँग स्वास्थ्य परीक्षण गराउने । 
- सेतो पानी आउने तथा चिलाउने समस्या छ भने त्यसको उपचार तुरुन्तै गर्ने ।
-  ग्राहो गरी  गर्भ रहेका महिलाहरुले नियमित स्वास्थ्य परीक्षण गराउने । 
- एक भन्दा धेरै यौन पार्टनर नबनाउने ।