लगातार कम्प्युटर र मोबाइल चलाउँदा ढाड र गर्धनमा मात्रै नभई आँखामा पनि समस्या भएको भन्दै उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको डा इरिना कंसाकार तुलाधरले बताइन्।
उनका अनुसार पछिल्लो समय खासगरी बालबालिकाहरूले चस्मा लगाउनुपर्ने समस्या बढेको छ। त्यस्तै किशोरावस्थादेखि माथि उमेरका बिरामीमा भने आँखामा सुख्खापन धेरै हुने समस्या लिएर आउने गर्छन्। खासगरी गेम खेल्ने बच्चाहरूमा टाढा नदेखिने मायोपिया हुने गरेको देखिन्छ, डा.तुलाधरले भनिन्। अनि किशोरावस्थादेखिका अधिकांश बिरामीहरूमा आँखा सुख्खा हुने पाइएको छ।
किन आँखा खराब?
कुनै पनि ग्याजेटमा हेर्दा लामो समयसम्म एकटक हेरिरहने र सामान्यतस् हाम्रो आँखाको परेला जतिपटक झिम्किनुपर्ने हो त्यति नझिम्किँदा त्यसले आँखाकस मांसपेसी थाक्ने र सु्ख्खापन देखापर्ने उनले बताइन्। त्यसैले उनी सकेसम्म स्क्रीनमा कम हेर्न सुझाउँछिन्। बालबालिकालाई मोबाइल वा कम्प्युटर प्रयोग गर्न कम दिने र यदि समस्या भए समयमै उपचार गराउनुपर्ने उनी बताउँछिन्।
उनीहरूलाई टाढा नदेख्ने समस्या भइसकेको हुन्छ र चस्मा नलगाई स्क्रीन हेर्दा आँखालाई थप दबाव पर्छ त्यसैले उपचार समयमै गराउनुपर्छ, उनले भनिन्।दिनमा दुई घण्टाभन्दा बढी कम्प्युटरमा काम गर्नेहरूलाई कम्प्युटर भिजन सिन्ड्रोमु हुने गरेको चिकित्सकहरू बताउँछन्। लगातार स्क्रीन हेर्ने मानिसहरूमा आँखा सुख्खा हुने, पोल्ने, बिझाउने र हेर्नै असहज हुने गर्छ।
कसरी जोगाउने आँखा ?
- स्क्रीन धेरै नहेर्ने हेर्नै परे स्क्रीनको उज्यालो बाहिरी वातावरणको उज्यालो भन्दा धेरै नबढाउने, ब्लूलाइटुकम गर्ने
- २०/२०/२० भनिने आँखाको व्यायाम गर्ने ९प्रत्येक २० मिनेटमा २० फीट टाढा २० सेकेन्डका लागि लागि हेर्ने०
- काम गर्दा आँखाको परेला पर्याप्त मात्रामा झिमझिम गर्ने
- आँखा सुख्खा हुने वा बिझाउने भयो भने ुएन्टी रिफ्लेक्टिभ कोटु भएको चस्मा लगाउने र सुख्खा हुन नदिने थोपाहरू हाल्ने
- चस्मा लगाउने व्यक्तिले नियमित रूपमा चस्माको पावर ठिक छ छैन जाँच गर्ने
- आँखालाई चाहिने आराम दिनुपर्छ भनेर ख्याल गर्ने
- आँखाबाट माथि हुने गरी स्क्रीन नराख्ने