काठमाडौं । दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो यसमा कुनै शंका छैन। दहीले शरीरमा लाग्ने कैयौं रोगबाट छुट्कारा दिलाउँछ । शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ।
दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाँचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ। खासमा दूधको उपयुक्त विकल्प दहीलाई नै मान्ने गरिन्छ। नियमित दही खानाले रोगप्रतिरोधात्म क्षमता बढ्ने र पेटलाई शीतलता प्रदान गर्दछ।तर दहीलाई सेवन गर्ने समय मिलेन भने मानिसको स्वास्थ्यमा हानी समेत पुर्याउने आयुर्वेदका विज्ञहरुले बताएका छन्। उनीहरुले दहीलाई जुन रुपमा खाए पनि ताजा खान सुझाव दिएका छन्।
दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।
- मुटुको समस्या र उच्च रक्तचापका विरामीलाई पनि दही फाइदाजन मानिन्छ । दहीले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ ।
- हाड तथा जोर्नीको दुखाई छ भने नियमित दही सेवन गर्नुस् यसलाई तपाईंलाई फाइदा पु¥याउँछ ।
- दहीले कपालको सुन्दरता समेत बढाउँछ । दहीले नियमित कपाल मालिस गरेर नुहाउने गर्नुभयो भने तपाईंको कपालमा रुखोपना आउन दिंदैन ।
- दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । निन्द्रा नलाग्ने समस्या पनि टाढा राख्छ ।
- नियमित दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ ।
- दहीमा क्याल्सियम पाइने हुँदा यसको सेवनले हाड समेत बलियो बनाउँछ ।
- एकदमै दुब्लो पातलो हुनुहुन्छ भने दैनिक १ गिलास दही सेवनले तपाईंको तौल बढाउन मद्धत गर्छ ।
- दही खाँदा मात्र होइन, शरीरमा लगाएर नुहाउनु भयो भने यसले तपाईंको छालालाई कोमल र मुलायम बनाउँछ ।
दही कुन कुन समयमा खानु हानीकारक ?
दहीलाई रातमा मात्र होइन वसन्त र सर्दीको सयमा समेत खानु हुँदैन। यो मौसममा दहीको सेवनले शरीरको मांशपेशी तथा नशामा रोकावट आउनुका साथै नर्भ सिस्टममा समस्या आउँछ। जसले शरीरमा आलस्यता, थकान, अनिद्रा, कमजोरी तथा विभिन्न रोगले समात्ने संभावना बलियो हुन्छ।
- तौल बढ्ने सम्भावना हुन्छ।
- राति दही खानाले रुखाखोकी, घाँटीमा समस्या आउछ ।
- पाँचन प्रणालीलाई कमजोर बनाउँछ र रोग बन्ढ सक्छ।
- दहीले राति कफलाई ह्वात्तै बढ्न मद्दत गर्छ।
- एलर्जी, उल्टी र अमिलो डकार आउने समस्या हुन्छ।
- मासुसँग दही कहिल्यै नखानुस।
- अमिलो दही तातो खानासँग कहिल्यै नखानुस।