प्रत्येक दिन मानिसलाई खानालगत्तै निद्रा नलाग्न पनि सक्छ । तर, वास्तविकता के हो भने प्रायलाई खाना खाएपछि निद्रा लाग्ने गर्छ । सामान्य भाषामा यस्तो बानीलाई ‘फुड कोमा’ भन्ने गरिन्छ । यसका थुप्रै कारण छन् ।
अत्यधिक कार्बोहाइड्रेट पाइने खानाको प्रयोगपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । र, यसले ट्रिप्टोफेननको निर्माण गर्छ । यो मस्तिष्कमा पुगेपछि सेरोटोनिन बन्ने प्रक्रिया सुरु हुन्छ र मेलाटोनिनका कारण मानिसलाई निद्रा लाग्ने गर्छ ।
एक्सपर्टहरू भन्ने गर्छन् कि फुड कोमाबाट बच्न खानाको प्याटर्नबारे जानकारी राख्न जरुरी हुन्छ ।
यसबाट बच्न खानाको मात्रामा पनि ध्यान पु-याउनुपर्छ । एकैपटक ठूलो परिमाणमा खाना खानुको सट्टा थोरैथोरै खाना छोटो–छोटो अवधिमा प्रयोग गर्दा निकै राम्रो हुन्छ ।
यसका लागि डाइट पनि सन्तुलित मात्रामा लिँदा राम्रो हुन्छ । जसमा काब्र्सको मात्रा कम र पोषण तत्वको मात्रा बढी हुन जरुरी हुन्छ ।
खाना खाएपछि आरमसँग कुर्सीमा बस्ने बानी गर्नुहुँदैन । यसको साटो केही समय टहलिने वा क्रियाशील रहने गर्नुपर्छ । यसो गर्दा राम्रोसँग खाना पच्नुका साथै रगतमा चिनीको मात्रा पनि नियन्त्रण भएर जाने गर्छ ।