काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।
आगामी साउन १ गतेदेखि लागू हुने गरी बीमितहरुलाई आफू नजिकको प्रथम सेवा विन्दुमा गई उपचारको सुरुवाती सुविधा लिन सकिने बताई सकेको छ । बोर्डका अनुसार अहिले देशभर ३८४ वटा स्वास्थ्य संस्था कोशी प्रदेशमा भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखरलढुंगा, पाँचथर, सङखुवासभा, सोलुखुम्बु, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, बारा, धनुषा, महोत्तरी गरी १७ वटा जिल्लाबाट १०८ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।
यसअघि बीमितले प्रथम सेवा विन्दुको रुपमा छानेको स्वास्थ्य संस्थाबाट सेवा लिएर मात्रै थप उपचारका लागि अन्य अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्य थिए । स्वास्थ्य बीमा बोर्डले तोकेका प्रथम सेवा विन्दुलाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आवश्यक विवरण पठाउन आग्रह गरेको छ ।














