विराटनगर । बालबालिकाको स्वास्थ्यप्रति अभिभावकलाई सचेत गराउँदै नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारको पहुँच बढाउने उद्देश्यले विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालले विशेष छुट योजना ल्याएको छ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर अस्पतालले बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचारमा सहुलियत दिने घोषणा गरेको हो। अस्पतालले बालरोग विशेषज्ञ ९पेडियाट्रिक० ओपीडी सेवामा ५० प्रतिशत र प्रयोगशालासहितका सबै परीक्षणमा १५ प्रतिशत छुट दिने जनाएको छ।
अस्पतालका अनुसार उक्त छुट योजना २०८३ साल कात्तिक ३० गतेदेखि मंसिर ४ गतेसम्म लागू हुनेछ।
बालबालिकामा देखिने स्वास्थ्य समस्याको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण र आवश्यक उपचारलाई प्रोत्साहन गर्ने उद्देश्यले योजना ल्याइएको अस्पतालले जनाएको छ। बाल्यकालमा स्वास्थ्यमा देखिने सामान्य समस्यालाई बेवास्ता गर्दा भविष्यमा जटिलता निम्तिन सक्ने भएकाले अभिभावकले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ।
अस्पतालले अभिभावकलाई बालबालिकाको स्वास्थ्य परीक्षण गराउन र उपलब्ध छुट योजनाको लाभ लिन आग्रह गरेको छ। थप जानकारीका लागि ०२१–४१७४८४ र ०२१–४१६२६२ मा सम्पर्क गर्न सकिन्छ।