काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुदै गइरहेको छ ।
भारतमा कोरोना संक्रमणले दिनहुँ नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो चौविस घण्टामा देशभर एक लाख ६९ हजार ९१४ जनामा संक्रमण देखिएको हो । यो एकै दिन सबैभन्दा बढी संक्रमण भएको अहिलेसम्मकै बढी हो । यसअघि आइतबार देशभर १ लाख ५२ हजार ५६५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २१ लाख ५३ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख १ हजार ४५६ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ८९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०४ जनाको मृत्यु भएको छ ।