बाँके- विश्व लगायत नेपालमा पनि पुन कोरोना संक्रमणका बिरामीहरु बढिरहेका छन् । छिमेकि राष्ट्र भारत र नेपालको सिमा नाका नजिक रहेका जिल्लहरु मध्ये बाँके जिल्ला पनि कोरोनाको उच्च जोखिममा रहेको छ ।
कोरोना संक्रमणको पहिलो लहरको समयमा पनि भारतसँग जोडिएको सिमा नाकाका जिल्लाहरु कोरोना संक्रमणको उच्च जोखिममा थिए । नेपालमा कोरोनाको सुरुवाती चरणमा अत्याधिक संक्रमितहरु सिमा नाका जोडिएका जिल्लामा उच्च थिए । त्यस्तै हाल पनि सिमा नाका जिल्लाहरु नै कोरोनाको अत्याधिक जोखिममा बिज्ञहरु बताउँछन् ।
भारतको सिमा नाका नजिक रहेको बाँकेमा कोरोनाका बिरामीहरु ह्वात्तै बढेको पाईएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार, भेरी अस्पतालमा कोरोना भाइरसका ५४ जना बिरामी उपचाररत छन् । जसमध्ये २४ जना सिकिस्त बिरामी छन् भने ४ जना भेन्टिलेटर राखिएको उनले बताए ।
कोरोना संक्रमणबाट जोगिन नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गरेर सुरक्षित रहन उनले आग्रह गरेका छन् ।
त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा हालसम्म ५५ हजार ८० जनाको पीसिआर परीक्ष्ण गरिएको छ भने ५ हजार ६१० जनामा कोरोना भाइरस पुष्टि भएको अस्पतालले जनाएको छ ।