काठमाडौं- काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि केहि खुकुलो बनाइएको छ।
पछिल्लोपटक काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी गरेको छ ।
आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने हार्डवेयर पसल अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ।
त्यस्तै होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने निर्णय भएको थियो। अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने छ ।
वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाउँछन्। अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ।
बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ।