काठमाडौं- आयुर्वेदका अनुसार भोजन पछि पानी पिउनु बिष समान हुन्छ । पानी तुरून्त पिउनाले त्यसको असर मानिसको पाचन क्रियामा पर्दछ ।
धेरै मानिसहरू खाना खाइरहेका बेला थोरै–थोरै पानी पिउँछन् भने कतिपय खाना खाने बित्तिकै पानी घटघटी पिउँछन्।
यसले ग्याष्ट्रिक, एसिडिटीजस्ता रोगहरू निम्त्याउन सक्छ। त्यसैले भोजन गरिसकेपछि कम्तीमा पनि आधा घण्टा वा एक घण्टापछि मात्रै पानी पिउनुपर्छ।
खाना खानेबित्तिकै पानी पिउनाले पाचन प्रक्रियालाई कमजोर बनाउँछ। पानी शीतल प्रवृत्तिको हुन्छ, त्यसैले खाना खाइसकेपछि तुरुन्तै पानी पिउँदा इन्सुलिनको मात्रा बढ्न सक्छ। पानीले भोजनलाई ग्लुकोजमा परिवर्तन गरिदिन्छ, जुन मोटोपनको कारण बन्न सक्छ।
शरीरलाई भोजनबाट पोषण तत्व प्राप्त हुन आधा घण्टादेखि एक घण्टा आवश्यक पर्छ। खाना खाएपछि तुरुन्तै पानी पिउँदा आमाशयको ऊर्जा सकिन्छ, जसकारण पाचन प्रक्रिया सही ढंगले हुन पाउँदैन।
त्यसैले ग्याष्ट्रिक, एसिडिटी जस्ता विभिन्न रोगहरू लाग्छ सक्छ।
चिकित्सकका अनुसार खाना खाएपछि पोषक तत्व प्राप्तिका लागि केही समय दिनुपर्छ। यदि तुरुन्तै पानी पिउने हो भने शरीरले भरपूर पोषक तत्व नपाउन सक्छ।