काठमाडौं - विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १३ करोड ८८ लाख ४३ हजार २३५ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण २९ लाख ८५ हजार ६७६ जनाको मृत्यु भएको छ । भने ११ करोड १६ लाख १७ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्मको तथ्याकंलाई हेर्ने हो अमेरीकामा सबैभन्दा बढि संक्रमित रहेका छन् । अमेरीकामा हाल कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २१ लाख ४९ हजार २२३ जना पुगेको छ । भने हालसम्म कोरोना संक्रमणका कारण ५ लाख ७८ हजार ९२ जनाको मृत्यु भएको छ ।
त्यस्तै, छिमेकी मुलुक भारत हाल कोरोनाको दोस्रो लहर सुरु भएको छ । हाल भारतमा कोरोना भाइरस संक्रमित संख्या १ करोड ४० लाख ७० हजार ८९० पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लनख ७३ हजार १५२ जना पुगेको छ ।
हालसम्म नेपालमा हाल कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८१ हजार ५६४ पुगेको छ । भने हालसम्म ३ हजार ६१ जनाको संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै, नेपालमा २ लाख ७४ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।
(वल्डोमिटरको तथ्यांकमा आधारीत)