बाँके- नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज शिक्षण अस्पतालमा गए राती एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सङ्कट व्यवस्थापन केन्द्र बाँकेकाअनुसार मृत्यु हुनेमा नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा खजुरा २ का ४२ वर्षिय पुरुषको गए राती मृत्यु भएको हो ।
छिमेकि राष्ट्र भारतमा कोरोना संक्रमितको दर बढेसँगै सिमा जिल्ला बाँकेमा पनि कोरोना संक्रमण बढि रहेको छ ।
सङ्क्रमण समुदास्तरमा चारैतिर फैलिसकेको जनाउँदै सचेतना अपनाउन पटक पटक आग्रह गरिएपनि सर्वसाधारणले स्वास्थ्यको मापदण्ड नपनाई भिडभाड गर्ने गरेको जिल्ला कोभिड १९-सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओली बताए ।
उनले भने जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले अब कडाइ गर्ने योजना बनाइरहेको जनाएको छ ।