काठमाडौं – पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ।
मेयर जिसीलाई शुक्रबार बिहान चार मस्तिष्कघात भएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो तर मेयर जिसीको स्वास्थ्य अवस्था बाहिर आए जस्तो जटिल नभएको पारिवारिक स्रोतले बताएको छ ।
मेयर जिसीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको जिसीका प्रेस संयोजक माधव बरालले बताए ।
मेयर जिसीलाइ थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित न्युरो अस्पताल लैजाने तयारी गरिएको छ।