काठमाडौं - विदेश जान आवश्यक खोप लगाएको प्रमाणीकरण गर्ने काम आजबाट चार वटा अस्पतालबाट हुने भएको छ ।
यस अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएकोमा सेवाग्राहीको अत्याधिक भीड बढेपछि आजबाट चारवटा अस्पतालबाट उक्त सेवा शुरु गरिएको हो ।
खोप लगाएको प्रमाणित कागज लिन चहाने सेवाग्राहीका लागि स्वास्थ्य मन्त्रालयले यि अस्पतालमा व्यवस्था गरेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु,
सशस्त्र प्रहरी अस्पताल बलम्बु,
सिभिल अस्पताल मीनभवन
पाटन अस्पतालबाट
यि अस्पतालहरुले निःशुल्क रुपमा यस किसिमको प्रमाणीकरणको कागजात उपलब्ध गराउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।