काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ४९० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९० जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै, ५६४ वटा एन्टिजिन परीक्षणमा ४४ जना सङ्क्रमितको पहिचान गरिएको छ ।
आज थपिएका संक्रमितसँगै नेपालमा हाल कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा १५७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७४ हजार ६०४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणले ५ जनाको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ६६ जनाको मृत्यु भएको छ ।
हाल चार हजार ३८४ जना आइसोलेशनमा छन। त्यस्तै ६० जना क्वारेन्टिनमा छन् ।