काठमाडौं- सरकारले चीनसँग खरीद गरेको ४० लाख डोज भेरोसेल खोपको चौथो लटमा आठ लाख डोज खोप आज आउँने भएको छ ।
आज दिउँसो नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोज खोप लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलले जनाएको छ ।
चीनले यसअघि १८ लाख खोप अनुदानमा दिएको थियो। पुनः चिनियाँ राजदूरत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा थप १६ लाख सहयोग गर्ने बताएकि थिइन ।
यसअघि बुधबार र विहीबार आएको १६ लाख खोप प्रदेश तहमा विरण गरिएको बताइएको थियो ।