काठमाडौं– काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप लगाउँन चाहानु हुन्छ भने अब अनलाइनमा नाम दर्ता अनिवार्य गराउँनु होस् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार उक्त प्रावधान गरिएको काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए। मन्त्रालयले साउन १ गते पत्र पठाएर उक्त निर्देशन दिएको खड्काले जानकारी दिए ।
उनले भने‚ ‘खोपका लागि अनलाइन दर्ता नम्बर भएकोलाई मात्रै अब खोप लगाउनु भन्ने पत्र आएको छ‚ अब त्यहीअनुसार खोप लगाउँछौँ।’ खोप केन्द्रमा भीड नहोस् भनी यस्तो प्रावधान गरिएको उनको भनाइ छ।
सरकारले काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउने बताएको छ। खोपका लागि स्वास्थ्य मन्त्रालयको तयार गरेको वेबसाइटमा गएर फर्म भर्न सकिने खड्काले बताए।
खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्ने उहाँले बताउनुभयो । १८ वर्षभन्दा माथिका नागरिकले https://vaccine.mohp.gov.np मा गएर अनलाइन दर्ता गर्न सकिन्छ ।