काठमाडौं- सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौं उपत्यकाका दुई अस्पतालमा कोभिड–१९ विरुद्धको खोप केनद्र तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै काठमाडौँ उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर भेरोसेल खोप लगाउन सकिने छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने छ ।
त्यस्तै मन्त्रालयले काठमाडौँको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई स्थायी खोप केन्द्रको रुपमा स्थापना गरेको छ ।