काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १४ लाख ८३ हजार ४११ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ५ हजार ९६७ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकै दिन ६४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २२ हजार ५४ पुगेको छ ।